FAQs

बारम्बार सोधिने प्रश्नहरु

१. PSCInsight.com के हो?
PSCInsight एक अनलाइन अध्ययन प्लेटफर्म हो जसले लोक सेवा आयोग (PSC) को परीक्षा तयारी गर्न चाहने विद्यार्थीलाई गुणस्तरीय नोट्स, परीक्षामा आएका प्रश्न र सम्भावित प्रश्नहरुको समाधान, अनुभवी प्रशिक्षकहरुको मार्गदर्शन उपलब्ध गराउँछ।

२. PSCInsight प्रयोग गर्न पैसा तिर्नुपर्छ?
केहि सामग्रीहरू नि:शुल्क प्रयोग गर्न सकिन्छ। विशेष कोर्स वा नोट्स प्रिमियम सेवामा पर्दछन्। तर हाम्रो लक्ष्य अध्ययनलाई सबैका लागि सस्तो र सजिलो बनाउनु हो।

३. नोट्स र अध्ययन सामग्री कसरी पाउने?
तपाईँले Profile बनाएर  login/register गरी “Courses” सेक्सनमा गएपछि व्यवस्थित नोट्स र अध्ययन सामग्रीहरू सजिलै पाउन सक्नुहुन्छ। PSCInsight कसरी प्रयोग गर्ने भन्ने बारे जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्।

४. मोबाइलमा PSCInsight प्रयोग गर्न सकिन्छ?
हो, हाम्रो प्लेटफर्म mobile-friendly छ। त्यसैले तपाईँले मोबाइल, ट्याब्लेट वा ल्यापटप प्रयोग गरेर जुनसुकै बेला, जहाँसुकै पढ्न सक्नुहुन्छ।

५. पासवर्ड बिर्सिएँ भने के गर्ने?
चिन्ता लिनु पर्दैन। लगइन पेजमा “Forgot Password” मा क्लिक गरेर सजिलै नयाँ पासवर्ड सेट गर्न सक्नुहुन्छ।

६. के यहाँ आधिकारिक PSC प्रश्नहरू पाइन्छन्?
हामी अभ्यास सामग्री, मोडल सेट र अध्ययन नोट्स उपलब्ध गराउँछौँ। लोकसेवा आयोगले विगतमा सोधेका प्रश्न र सम्भावित प्रश्नहरुको समाधान सहित पाठ्यक्रमलाई समेट्ने गरी सामाग्री तयार गरेका छौं।

७. कुनै समस्या आएमा कसरी सम्पर्क गर्ने?
तपाईँ हामीलाई website को तल बायाँतिर रहेको Support बटन वा Contact Page मा रहेको सम्पर्क माध्यमबाट सम्पर्क गर्न सक्नुहुन्छ।

८. कोर्स पूरा गरेपछि प्रमाणपत्र पाइन्छ?
हो, केही कोर्स पूरा गरेपछि तपाईँलाई डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ।

९. के म शिक्षकलाई प्रश्न सोध्न सक्छु?
अवश्य। तपाईँले हाम्रो Support बटनबाट मेसेज प्रयोग गरेर प्रश्नोत्तर गर्न सक्नुहुन्छ।

१०. सामग्री कति बेला अपडेट हुन्छ?
हामी नोट्स, अभ्यास सेट र अन्य स्रोतहरू PSC को पाठ्यक्रम र नयाँ परीक्षा ढाँचाअनुसार नियमित रूपमा अपडेट गर्दै जान्छौँ।

Need help? ↓

PSCInsight Support

Online • Typically replies instantly

PSCInsight Team

Namaste! Welcome to PSCInsight.
How can we help you today? Choose your favorite chat app below to talk to us directly: